Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एनसेलको नयाँ नम्बर अब ९७० बाट सुरू हुने

एनसेलको नयाँ नम्बर अब ९७० बाट सुरू हुने


  • 2.3K
    Shares

    • images
    एनसेलको नयाँ  नम्बर अब ९७० बाट सुरू हुने
    images
    एनसेलको मोबाइल नम्बर अब ९७० बाट सुरू हुने भएको छ। एनसेल आजियाटाले बिहीबार एक सूचना जारी गर्दै प्रयोगकर्ताहरूलाई ९७० बाट सुरू हुने नम्बर उपलब्ध गराउने जनाएको हो।

    यसको लागि कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७८ को चैत ६ गते स्वीकृति पाएको हाे। 

    यतिबेला एनसेलले ९८०, ९८१ र ९८२ नम्बर रेन्जमार्फत सिम कार्ड वितरण गरिरहेको छ। यीबाहेक अब भने ९७० रेन्जबाट पनि सिम वितरण हुने भएको हो। 

    प्राधिकरणका अनुसार एनसेलले करिब तीन करोड सिम वितरण गरिसकेको छ। तीन करोड सिमको लागि प्राधिकरणले एनसेललाई ९८०, ९८१ र ९८२ रेन्ज प्रदान गरेको थियो।  थप सिमको आवश्यकता भएसँगै कम्पनीले नयाँ रेन्जको आवश्यकता बताउँदै स्वीकृति लिएको हो। 

    हाल नेपाल टेलिकमले भने ९७४, ९७५, ९७६, ९८४, ९८५ र ९८६ रेन्जमार्फत सिम वितरण गरिरहेको छ।

    त्यस्तै, युटिएलले ९७२ रेन्जमार्फत सिम वितरण गर्दैछ। स्मार्ट टेलिकमले भने ९६१, ९६२ र ९८८ रेन्जमार्फत् सिम वितरण गरिरहेको छ।

    प्रकाशित मिति :बैशाख १४ २०८० बिहिवार - १४:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij