२०८२ भाद्र १८ गते बुधवार
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १३ दिन पछि प्रहरीले हत्याका आरोपी पक्राउ गरे संगै अन्य कुराहरु पत्ता लाग्न थालेका छन् । भागरथी भट्टले हातमा लगाउने गरेको रातो रंगको घडी आज फेला परेको छ ।
हत्याको आरोपमा पक्राउ परेका दिनेश भट्टले दिएको बयानको आधारमा आज सोही स्थानबाट प्रहरीले भागरथीले लगाउने गरेको रातो घडी फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी मुकेशकुमार सिंहले बताए। यसअघि शव फेला परेको दिन घडी भेटिएको थिएन ।
उनले पक्राउ परेका भट्टसँग बयान लिने क्रम जारी रहेको बताए। गत माघ २१ गते बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ विभत्स अवस्थामा शव फेला परेको थियो ।
शव फेला परेको १३ दिन पछि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरेको हो । भागरथी पढ्ने विद्यालयकै कक्षा ११ मा पढ्ने भट्टले हत्या आफूले गरेको स्वीकार गरेको यसअघि नै प्रहरीले बताइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij