२०८२ भाद्र ३ गते मंगलवार
चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ।
५० हजार मत गणना हुँदा लामिछानेले ३६ हजार मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७ हजार १४८ छ। उनीहरूबीचको मतान्तर २९ हजार छ।
आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो। अब गन्न बाँकी मत २८ हजारमात्र छ। जबकि लामिछानेले प्रतिस्पर्धीसँग २९ हजारको मतान्तर बनाइसकेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij