Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मुसहर टोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट, ३४ परिवार विस्थापित

मुसहर टोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट, ३४ परिवार विस्थापित


  • 2.0K
    Shares

    मुसहर टोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट, ३४ परिवार विस्थापित

    कोशी गाउँपालिका हरिपुर–७ वडास्थित मुसहरटोलमा भएको आगलागीबाट आठ घर जलेर नष्ट भएका छन् ।

    सोमवार दिउँसो भएको आगलागीबाट स्थानीयवासीको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि आठ घरका ३४ परिवार विस्थापित भएको नेकपा (एमाले) कोशी गाउँ कमिटीका अध्यक्ष रामखेलन साहले जानकारी दिए ।

    उनका अनुसार हरेराम सदाका चार, शिवनारायण सदाका पाँच, जगदीश सदाका छ, दिनेश सदाका तीन, सुनिता सदाका तीन, चन्द्रदेव सदाका तीन, बेचन सदाका छ र सुरज सदा चार सदस्यीय परिवार आगलागीबाट विस्थापित भएका छन् । उनीहरूलाई आजको रात काट्न त्रिपाल र भुजा चिउराको व्यवस्था गरिएको अध्यक्ष साहले जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख ५ २०८० मंगलवार - ०६:१३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij