Logo

२०८२ भाद्र २१ गते शनिवार

२०८२ भाद्र २१ गते शनिवार

निमावि तहको ११६७ शिक्षकका लागि ७५ हजारको आवेदन, कुन विषयमा कति?

निमावि तहको ११६७ शिक्षकका लागि ७५ हजारको आवेदन, कुन विषयमा कति?


  • 2.3K
    Shares

    निमावि तहको ११६७ शिक्षकका लागि ७५ हजारको आवेदन, कुन विषयमा कति?
    images

    शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १,१६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ । आयोगका अनुसार सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ ।

    नेपाली विषयको ९१ पदका लागि २४ हजार १६४ आवेदन परेको छ । अंग्रेजी विषयको १५३ पदका लागि १७ हजार ३३६, गणितको १५८ पदका लागि ८ हजार ५१४, विज्ञानको २९० पदका लागि ३ हजार ८९४ जनाले आवेदन दिएका छन् ।

    सामाजिक विषयको १११ पदका लागि १९ हजार ९४१, गणित विज्ञानमा ३५५ पदका लागि १८ हजार ६८ जनाको, संस्कृत भाषाको ४ पदका लागि ३८ जनाको, संस्कृत व्याकरणमा ३ पदका लागि १३ जनाको, संस्कृत कर्मकाण्डको १ पदका लागि ६ जनाको र शुक्लयुजर्वेद एक पदका लागि लागि दुई जनाको आवेदन परेको छ । आयोगको सूचना अधिकारी सुदर्शन मरहट्टा यसपटक माग गरिएको संख्या कम भएकोले आवेदन पनि कम परेको बताउँछन् ।

    आयोगले निमावि तहको सामान्यतर्फको परीक्षा ९ वैशाखमा सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षक सेवा आयोगले प्रावि तहमा ७ हजार ८८२ शिक्षक पनि माग गरेको छ । जसमा नियमित शुल्क तिरेर ८ वैशाखसम्म र दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - २०:१२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij