Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

दुई वर्षको गैँडा मृत फेला

दुई वर्षको गैँडा मृत फेला


  • 6.2K
    Shares

    दुई वर्षको गैँडा मृत फेला
    images

    राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन । बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको हो । 

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार  निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा करिब दुई वर्ष उमेरको पोथी बच्चा गैँडा मृतावस्थामा फेला परेको छ । सो गैँडाको बच्चा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । 

    मृत्युको कारणबारे थप अध्ययनका लागि आवश्यक नमूना सङ्कलन गरी भेटेरिनरी शाखामा पठाइएको उहाँले बताउनुभयो । उक्त बच्चाको ब्रह्म खाग खुर सुरक्षित रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म योसहित २५ गैँडा मरेका छन् । तीमध्ये चार वटा शिकारीले मारेका हुन् भने २१ प्राकृतिक कारणले मरेका हुन् । रासस  

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १०:५३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij