Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

दुग्ध सहकारीमा भिषण आगलागी

दुग्ध सहकारीमा भिषण आगलागी


  • 1.9K
    Shares

    दुग्ध सहकारीमा भिषण आगलागी

    मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका १८ दोभानचौरमा रहेको रत्नदेवी दूध उत्पादन सहकारी सस्थामा आगलागी हुँदा ७ लाख क्षति भएको छ । 

    बिजुलीको तार सर्ट भई आगलागी हुँदा सहकारीको कागजात र नगद समेत जलेको बताइएको छ । 

    जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब निरीक्षक अरबिन्द्र कुमार यादवका अनुसार स्थानीयवासी, वारुणयन्त्र, प्रहरीको सहयोगमा डेढ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । 

    आगोबाट दूध चेक गर्ने मेसिन वनलाईजर सेट  १ थान, कम्प्युटर १ थान, मिटर बक्स १ थान १२ भोल्ट को ब्याट्री १ थान,अफिस भित्र रहेको कागज पत्र , टेवल कुर्सी,जस्तापाता ४ बन्डल, विद्युतीय  तौल तराजु जलेको छ ।

    घटनाबाट ७ लाख बराबरको क्षति भएको यादवले बताए ।  विद्युत सर्ट भएरै गएराति पनि मकवानपुरको थाहा नगरपालिकामा पनि २ वटा घर जलेर नष्ट भएको थियो ।

     

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - १२:४८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij