Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बिनित घिमिरेले यसरी पत्ता लगाए फेसबुककाे डीएनएस रेकर्ड भल्नरेबिलिटी

बिनित घिमिरेले यसरी पत्ता लगाए फेसबुककाे डीएनएस रेकर्ड भल्नरेबिलिटी


  • 8.1K
    Shares

    बिनित घिमिरेले यसरी पत्ता लगाए फेसबुककाे डीएनएस रेकर्ड भल्नरेबिलिटी

    काठमाडौं । भरतपुर चितवनका साइबर सुरक्षा अनुसन्धानकर्ता बिनित घिमिरेले फेसबुकमा रहेको डीएनएस रेकर्ड भल्नरेबिलिटी पत्ता लगाएका छन् ।

    उक्त भल्नरेबिलिटीलाई दुरुपयोग गरेर खराब पात्रले सब डोमेन टेकओभर गर्नसक्ने पाएपछि २०२० को डिसेम्बरमा बिनितले उक्त सुरक्षा कमजोरीको रिपोर्ट फेसबुकमा गरेका थिए । 

    उनको रिपोर्टलाई फेसबुकले मंगलबार सदर गर्दै ५०० अमेरिकी डलर अर्थात् ५८ हजार नेपाली रुपैयाँको पुरस्कार प्रदान गरेको छ । यससँगै उनी फेसबुकको ह्वाइटह्याट थ्याङ्क्स पेजमा लगातार तीनपटक फिचर हुने तेस्रो नेपाली बन्न सफल भएका छन् । 

    यूनाइटेड टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरिङको अन्डरग्रजुएट छात्र बिनित फुल स्ट्याक वेब डेभलपर तथा वेब नेटवर्क पेनिट्रेसन टेस्टर हुन् । 

    फेसबुक बाहेक विश्वभरका ७० वटा विभिन्न बहुराष्ट्रिय कम्पनी, संस्था तथा विश्वविद्यालयहरुबाट रिवार्ड तथा एकनलेजमेन्ट पाइसकेको उनले बताए ।

     

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १७:०१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij