Logo

२०८२ भाद्र २१ गते शनिवार

२०८२ भाद्र २१ गते शनिवार

के अब विदेश जाने विद्यार्थीहरुले एनओसी नपाउने हुन् त ?

के अब विदेश जाने विद्यार्थीहरुले एनओसी नपाउने हुन् त ?


  • 2.3K
    Shares

    के अब विदेश जाने विद्यार्थीहरुले एनओसी नपाउने हुन् त ?
    images

    सरकारले विदेश जानेहरु विद्यार्थीहरुका लागि आंशिक रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले स्नातक वा सो भन्दा माथिको एकेडेमिक कोर्स बाहेकका अन्य कोर्षहरुमा विदेश जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले विदेश पढ्न जाने विद्यार्थीहरुलाई दिँदै आएको नो अब्जेक्सन लेटर दिने कार्यमार्फत गत चैत्र १९ गतेबाट कडाई गर्दै आएको हो ।

    शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले शिक्षा मन्त्रालयले नो अब्जेक्सन पत्र दिँदा कडाई गर्ने निर्णय गरिएको पुष्टि गरे । अधिकारीका अनुसार अब उप्रान्त स्नातक, स्नाकोत्तर, एमफिल वा पिएचडी अध्ययनको लागि मात्रै विदेश जान अनुमति दिइने छ । यसअघि दिइदै आएको डिप्लोमा अध्ययन, ब्रिज कोर्स अध्ययन, भाषा अध्ययन, आदिका नाममा भइरहेको विदेश अध्ययनका लागि नो अब्जेक्सन लेटर दिन बन्द गर्ने निर्णय गरिएको बताए ।

    नेपालबाट विद्यार्थीहरु विदेशमा अध्ययनको लागि भनेर जाने, तर विदेशमा पुगेपछि एकेडेमिक कोर्स अध्ययन नगर्ने, ट्युसन सेन्टरमा अध्ययन गर्न जाने प्रवृत्ति बढेपछि सरकारले यस्तो निर्णय गरेको हो । विदेशमा अध्ययनका लागि गएकाहरुको ५० प्रतिशतभन्दा बढि ड्रप आउटको समस्या रहेको थियो ।

    शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा ब्रिजकोर्ष, भाषा पढ्न जानेलाई पनि एनओसी दिँदै आएको थियो । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ ले स्नातक तह वा सो भन्दापछिका शिक्षालाई मात्र उच्च शिक्षा परिभाषित गरेकाले त्यसभन्दा मुनिका कुनै पनि शैक्षिक कार्यक्रमका लागि चैत १९ गतेदेखि एनओसी दिन बन्द गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

    नयाँ नियमसँगै करिब २० प्रतिशत वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरु प्रभावित हुने जनाइएको छ । 

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १०:४३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij