२०८२ भाद्र १८ गते बुधवार
कालीकोट । कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ ।
सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गामा च्यापिएर उहाँको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो ।
‘‘सडक निर्माण गर्दै गर्दा एक्कासि माथिबाट खसेको ढुङ्गा लागेर ऐडीको मृत्यु भएको छ’’ उहाँले भन्नुभयो,“ऐडीको परिवारलाई राहत दिने निर्णय भएको छ ।’’ रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij