Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको १ लाख ११ हजार रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको १ लाख ११ हजार रुपैयाँ


  • 2.2K
    Shares

    • images
    सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको १ लाख ११ हजार रुपैयाँ
    images

    काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । गत चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो । 

    अघिल्लो दिनको मूल्यमा आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । 

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र २२ २०७९ बुधवार - १०:३०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij