Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • 2.1K
    Shares

    • images
    सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि सुनको मूल्य घटेको छ । महासंघले आजको मूल्यसूची कायम गर्दै लगातार दोस्रो दिन सुनको मूल्य घटेर कारोबारमा आएको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम छ ।

    हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० रुपैयाँ कायम थियो । हिजो आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर कारोबारमा आएको थियो ।

    यसैगरी, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । जुन, हिजो आइतबार १४ सय १० रुपैयाँ कायम थियो ।

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - ०९:४६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij