Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

प्रतिलिटर ७ रुपैयाँले घटेर आयो डिजेल, पेट्रोल र ग्याँसको मूल्य कति ?

प्रतिलिटर ७ रुपैयाँले घटेर आयो डिजेल, पेट्रोल र ग्याँसको मूल्य कति ?


  • 2.3K
    Shares

    • images
    प्रतिलिटर ७ रुपैयाँले घटेर आयो डिजेल, पेट्रोल र ग्याँसको मूल्य  कति ?
    images

    काठमाडौं । भारतीय आयल निगम (आईओसी) बाट इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । जसअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    उपाध्यायका अनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर प्राप्त भएको छ । घटेको नयाँ मूल्यअनुसार निगमले बजार उपभोक्ता मूल्य भने घटाइसकेको छैन ।

    घटेको नयाँ मूल्यपछि निगमलाई १५ दिनमा एक अर्ब ५० करोड बढी नाफा हुने प्रक्षेपण गरिएको छ । बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा थियो ।

    डिजेलको मूल्यलाई लिएर सरकारको पूँजीगत खर्चसमेत हुन नसकेको गुनासो निजी क्षेत्रले गरिरहेका छन् । निगमले भने गत वर्षको घाटाको बक्यौता र ऋणका कारण अझै निगम वित्तीय दायित्वले थिचिएको दाबी गरिरहेको छ ।

    सरकारले ६ अर्ब ५० करोड ऋण र भारतीय आयल कर्पोरेसनको ८ अर्ब बक्यौता अझै बाँकी रहेको निगमका आर्थिक विभाग प्रमुख नागेन्द्र साहले बताए ।

    प्रकाशित मिति :चैत्र १९ २०७९ आइतवार - १३:१६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij