Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गृहमन्त्रालय नपाएपनि सरकारमा जान तयार भयो रास्वपा, तीन मन्त्रालयमा को-को?

गृहमन्त्रालय नपाएपनि सरकारमा जान तयार भयो रास्वपा, तीन मन्त्रालयमा को-को?


  • 3.4K
    Shares

    गृहमन्त्रालय नपाएपनि सरकारमा जान तयार भयो रास्वपा, तीन मन्त्रालयमा को-को?

    गृहमन्त्रालय पाउने शर्तमा मात्रै सरकारमा सहभागी हुने अडानबाट राष्ट्रिय स्वतन्त्र पार्टी पछि हटेको छ। यसअघि रवि लामिछानेले गृहमन्त्रालय पाएमात्रै सरकारमा जान सकिने अडान राखेका थिए । अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावलाई लिएर रास्वपा सरकारमा सहभागी हुनेबारे सकारात्मक बनेको छ ।

    सभापती लामिछानेले पुष १० गतेको सहमति कार्यान्वयन र गृहमन्त्रालयको अडान लिएपनि प्रधानमन्त्री दाहालले अहिले राम्रा मन्त्रालय लिएर सरकारमा सहभागी हुन भनेपछि लामिछानेले सकारात्मक जवाफ दिएको बुझिएको छ। प्रधानमन्त्री दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद् विस्तार गर्नेगरि तयारी थालेका छन् । 

    कांग्रेस ८ मन्त्रालयसहित सरकारमा जाने तयारीमा छ । तर, गठबन्धनमा आवद्ध सबै दललाई भागबण्डा मिलाउनुपर्ने भएकोले ७ वटा मन्त्रालय लिएर भएपनि कांग्रेस सरकारमा सहभागी हुनसक्ने चर्चा छ । रास्वपाले भने तीन मन्त्रालय पाउने भएको छ ।

    सभापती लामिछानेले पार्टीले पाउने तीन मन्त्रालयको बारेमा आज साँझसम्म प्रधानमन्त्री दाहालसँग भेटेर टुँगो लगाउने भएका छन् । उनले तीन मन्त्रालयमा विराजभक्त श्रेष्ठ, सोविता गौतम, डा. चन्दा कार्कीलाई पठाउने योजना बनाएका छन् । 

    प्रकाशित मिति :चैत्र १३ २०७९ सोमवार - ११:३७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij