२०८२ भाद्र २ गते सोमवार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली इलाम र ताप्लेजुङको भ्रमणमा जानु भएको छ । प्रधानमन्त्री ओली आज हेलिकप्टरमार्फत इलाम र ताप्लेजुङको भ्रमणमा जानु भएको हो ।
प्रधानमन्त्री ओलीले ताप्लेजङको धुँन्सामा एउटा स्वास्थ्य चौकीको उद्घाटन गर्ने र चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रधानमन्त्री ओली इलाम पुगेर स्थानीय कार्यक्रममा सहभागी हुनुहुने तथा इलामको सन्दकपुरमा सीमा सुरक्षामा खटिएको शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट एसपिबीपीको निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीसँग पूर्वसभामुख सुवास नेम्बाङ पनि साथमा हुनुहुन्छ । दोस्रो पटक मिगौंला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओली प्रदेश १ को भ्रमणमा निस्कनुभएको यो दोस्रो पटक हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij