Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोवार?

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोवार?


  • 1.7K
    Shares

    • images
    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोवार?
    images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम थियो । पछिल्लो समय नेपाली बजारका सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३० रुपैयाँ थियो । जुन, आज १३ सय ४० रुपैयाँ पुगेको हो ।

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - ११:३८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij