Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

एनआईबिएल एस क्यापिटलद्वारा धितोपत्र बजार तथा म्युचुअल फण्ड सम्बन्धी कार्यक्रम

एनआईबिएल एस क्यापिटलद्वारा धितोपत्र बजार तथा म्युचुअल फण्ड सम्बन्धी कार्यक्रम


  • 2.1K
    Shares

    एनआईबिएल एस क्यापिटलद्वारा धितोपत्र बजार तथा म्युचुअल फण्ड सम्बन्धी कार्यक्रम

     एनआईबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा विभिन्न तहका कर्मचारीहरुलाई लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भएको छ ।

    उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजनाको बारेमा र खुलामुखी योजना अन्र्तगत रहेको व्यवस्थित लगानी योजना सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।

    साथै, कार्यक्रममा क्यापिटलले हाल प्रदान गरेको धतोपत्र बजार सम्बन्धी अन्य सेवाहरु लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवाको बारेमा र विभिन्न लगानी उपकरणहरुको बारेमा छलफल भएको थियो । सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरिएको थियो । यस प्रकारको कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।

     

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १४:०२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij