Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ र चाँदी पाँच रुपैयाँ बढ्यो

सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ र चाँदी पाँच रुपैयाँ बढ्यो


  • 1.8K
    Shares

    • images
    सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ र चाँदी पाँच रुपैयाँ बढ्यो
    images

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ ।  एकै दिन तोलामा एक हजार रुपैयाँले बढ्दै बिहीबार छापावाला सुनको मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको हो । योसँगै सुनको मूल्यले गत फागुन १२ गते गतेको ऐतिहासिक रेकर्ड भेट्न लागेको छ । २०७९ फागुन १२ गते हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । 

    आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - ११:३८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij