Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

दुई हजारभन्दा बढी विदेशी विद्यार्थीले स्नातक तहको चिकित्सा शिक्षा पढ्न पाउने

दुई हजारभन्दा बढी विदेशी विद्यार्थीले स्नातक तहको चिकित्सा शिक्षा पढ्न पाउने


  • 1.9K
    Shares

    दुई हजारभन्दा बढी विदेशी विद्यार्थीले स्नातक तहको चिकित्सा शिक्षा पढ्न पाउने
    images

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, सशुल्क र छात्रवृत्ति लगायतका समूहको सिट बाँडफाँट गरेको छ ।  देशभरका २३९ शिक्षण संस्थाहरूले यो वर्ष स्नातक तहमा ७ हजार ६५९ सिट बाँडफाँट गरिएको छ । जसमा २ हजार २३ जना विदेशी विद्यार्थीका लागि सिट छुट्टाइएको आयोगले जनाएको छ । त्यसमा सबैभन्दा बढी एमबीबीएस अध्ययनका लागि छुट्टाइएको छ । जसमा ५५७ सिट तोकिएको छ । 

    त्यस्तै बीएसन नर्सिङका लागि ३४९ सिट, बीएनएसका लागि २९२ सिट, बीपीएचका लागि २३२ सिट, बी फार्मका लागि २२८ सिट, बीडीएसका लागि १७५ सिट विदेशी विद्यार्थीका लागि तोकिएको छ ।  शुल्क तिरेर ३ हजार २८२ ले स्नातक तह चिकित्सा शिक्षा पढ्न पाउनेछन् । त्यस्तै पूर्ण छात्रवृत्तिमा २ हजार २४९ जनाले पढ्न पाउने छन् । त्यस्तै ५५ प्रतिशत छात्रवृत्तिका लागि १ हजार २३५ सिट, ४५ प्रतिशत छात्रवृत्तिका लागि १ हजार १४ सिट तोकिएको आयोगले जनाएको छ ।

    आयोगले यसअघि २३ फागुन २०७९ मा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रम र शिक्षण संस्थाहरूमा सिट निर्धारण गरेको थियो । सोही आधारमा ३० फागुन २०७९ मा बसेको कार्यकारी समितिको बैठकले विदेशी समूह, सशुल्क र छात्रवृत्ति (खुला तथा आरक्षण) लगायतका समूहको सिट बाँडफाँट गरेको हो ।

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - १२:०५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij