Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर


  • 1.7K
    Shares

    • images
    सुनचाँदीको मूल्य स्थिर
    images

     नेपाली बजारमा लगातार बढिरहेको सुनको भाउमा बुधबार ब्रेक लागेको छ। 

    आज सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    हिजो मंगलबार सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

    आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। 

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - ११:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij