Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

शिक्षक सेवा आयोग: मावि तहको शिक्षकमा ३७ हजार बढीको दिए आवेदन, परीक्षा कहिले ?

शिक्षक सेवा आयोग: मावि तहको शिक्षकमा ३७ हजार बढीको दिए आवेदन, परीक्षा कहिले ?


  • 2.8K
    Shares

    शिक्षक सेवा आयोग: मावि तहको शिक्षकमा ३७ हजार बढीको दिए आवेदन, परीक्षा कहिले ?
    images

    काठमाडौँ । माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि ३७ हजार २११ जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगले पुष २५ गते चालू शैक्षिक सत्रका लागि आयोग ६८६ पदमा खुला प्रतियोगितात्मक विज्ञापन आह्वान गरेको थियो ।

    आवेदन ३८ हजार ३३१ जनाले दिए पनि ३७ हजार २११ जनाले मात्र शुल्क जम्मा गरेको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले जानकारी दिए । आयोगले माघ २४ गतेसम्म नियमित दस्तुरमा र फागुन दुई गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन पाउने समयावधि तोकेको थियो ।

    आयोगले यसपटकबाट परीक्षणका रूपमा अनलाइन माध्यमबाट मावि तहको आवेदन लिएको कारण भीडभाड कम भएको थियो । आयोग मावि तहको परीक्षा चैत १५ मा गर्ने तय गरिसकेको छ । त्यसै गरी निमाविको चैत १७ र प्राविको चैत १९ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

    आयोगले नेपाली विषयको लागि १११ रिक्त पदमा, अंग्रेजी विषयको लागि ८४ रिक्त पदमा, गणित विषयको लागि २०८ रिक्त पदमा, विज्ञान विषयको लागि १९१ रिक्त पदमा, सामाजिक अध्ययन विषयको लागि ५४ पदमा, अर्थशास्त्र विषयको लागि ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ पदमा शिक्षक माग गरेको छ ।

    सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेस प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि एक, गण्डकी प्रदेशमा कम्प्युटर विज्ञान विषयको लागि एक र लुम्बिनी प्रदेशमा संस्कृत साहित्यको लागि एक रिक्त दरबन्दीमा विज्ञापन खुलाएको छ भने संस्कृत व्याकरणको लागि ३ वटा पदमा संस्कृत भाषाको लागि ७ पदमा शिक्षक माग गर्दै आवेदन खुला गरेको थियो ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - ११:२८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij