Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आफूविरुद्ध परेको उजुरीको जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगे रामसहाय यादव

आफूविरुद्ध परेको उजुरीको जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगे रामसहाय यादव


  • 2.3K
    Shares

    आफूविरुद्ध परेको उजुरीको जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगे रामसहाय यादव
    images

    चितवन । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीको विषयमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

    यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । त्यसैले यादव आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका हुन् ।

    जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् ।

    नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । उम्मेदवारलाई आज उम्मदवारी फिर्ताको मौका दिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते निर्वाचन गर्ने कार्यतालिका छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - ११:१३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij