Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन


  • 2.8K
    Shares

    सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

    सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले अन्ततः सहयोग गर्ने भएको छ । मुख्यमन्त्री शाहले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् ।

    नेकपा माओवादी केन्द्रको संसदीय दलको शनिवार बसेको बैठकले नेतृत्वसहित शक्ति बाँडफाँटको सहमति प्याकेजमै हुनुपर्ने  निष्कर्ष निकालेको थियो । सो निर्णयको जानकारीसहित निर्देशन आउने गरी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्राचार गरिएको थियो ।

    पत्रको जवाफमा पार्टी अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिएको माओवादी निकट स्रोतले बतायो । तर अझैसम्म नेतृत्व र मन्त्रालय बाँडफाँटको विषय टुङ्गो नलागेको बताइएको छ । सो विषयमा टुङ्गो लगाउन कांग्रेस र माओवादी संसदीय दलको बैठक अहिले बस्दै छ । माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न पाउनुपर्ने माग राख्दै आएको छ ।

    निर्वाचनताका तत्कालीन प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरा १ बाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका माओवादी प्रदेश इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए । सोही आश्वासन पूरा गर्न माओवादीले सो माग अघि सारेको हो ।  

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - ११:०५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij