२०८२ फाल्गुण २३ गते शनिवार
इलोन मस्क फेरि विश्वकै धनी व्यक्तिमा फर्किएका छन्। ब्लुमबर्गका अनुसार टेस्लाका प्रमुख कार्यकारी मस्कले फ्रेन्च विलासी सामान एलभीएमएच ब्रान्डका प्रमुख कार्यकारी बर्नार्ड आर्नोलाई उछिनेका हुन्।
यो सूचीमा यसअघि पनि मस्क नै १ नम्बरमा रहे पनि दुई महिना लामो समय उनी दोस्रो स्थानमा झरेका थिए। सोमबार भने टेस्लाको सेयर बढेपछि मस्कको सम्पत्ति बढेको हो।
सोमबार मस्कको सम्पत्ति १८७ अर्ब डलर रहेको थियो। आर्नोको भने १८५ अर्ब डलर रहेको ब्लुमबर्गले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij