२०८२ भाद्र ३ गते मंगलवार
चितवन-२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सोमवार बस्दै छ।
पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए। उनले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन-२ को उपनिर्वाचनबारे छलफल हुने बताए।
साथै, आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा पनि छलफल हुने सम्भावना छ। लामिछानेले अहिले कुनै दलको गठबन्धन वा सहकार्यमा नरहेको दाबी गरेका छन्।
‘अहिले हामी कुनै अलायन्समा छैनौँ,’ उनले भने, ‘हिजो बनेको संयन्त्रबाट हामी बाहिर निस्किसक्यौँ, कुनै संयन्त्रमा छैनौँ।’
एमालेसँगको गठबन्धन पनि छोडेको हो? भन्ने प्रश्नमा उनले थपे, ‘एमाले, माओवादी वा अन्य कुनैसँग पनि छैनौँ , हाम्रो पार्टी अहिले इनडिपेन्ट्ली अघि बढिरहेको छ।’
सभापति लामिछानेले राष्ट्रपतिको चुनाव भएकोले अर्को निर्णय गर्ने बेला नभएको बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij