Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

नेपाल सहित १४१ देशले गरे युक्रेनको पक्षमा मतदान

नेपाल सहित १४१ देशले गरे युक्रेनको पक्षमा मतदान


  • 2.7K
    Shares

    नेपाल सहित १४१ देशले गरे युक्रेनको पक्षमा मतदान
    images

    संयुक्त राष्ट्र आम सभाले बिहीबार युक्रेनमा शान्ति बहालीका लागि एक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा रुसलाई युक्रेनमा युद्ध समाप्त गरेर आफ्नो सेना फिर्ता बोलाउन भनिएको छ । 

    उक्त प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत दिएका छन् । भारत र चीन यो प्रस्तावमा भोटिङ प्रक्रियामा समावेश भएन । यी दुई देशलगायत ३२ देश अनुपस्थित थिए । यस्तै, रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले भने प्रस्तावमा विपक्षमा मतदान गरे ।

    १९३ सदस्यीय महासभाले युक्रेन र यसको समर्थकहरूको पक्षलाई स्वीकार गर्‍यो । प्रस्तावको शीर्षक ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्ति’ थियो ।

    रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । आज यो युद्धको एक वर्ष पूरा भएको छ ।

    यस अवधिमा संयुक्त राष्ट्र सङ्घको महासभा, सुरक्षा परिषद् र मानवअधिकार परिषद्ले बारम्बार आक्रमणको निन्दा गर्दै सार्वभौमसत्ता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डताप्रति युक्रेनको प्रतिबद्धतालाई जोड दिएका छन् ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १०:५२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij