Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पुरानो गठबन्धनका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’

पुरानो गठबन्धनका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’


  • 2.3K
    Shares

    पुरानो गठबन्धनका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौँ। राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पनि विभिन्न दलसँग छलफल गर्दै छन्।

    नेपाली काँग्रेस र एकीकृत समाजवादीले राष्ट्रपति चुनावका क्रममा रहेको पाँच दलीय गठबन्धन ब्युँताउन सक्रियता तीव्र पारिरहेको बेलामा प्रचण्डले उनै दलका नेताहरूसँग छलफल गर्न लागेका हुन्।

    काँग्रेस र एकीकृत समाजवादीले यसमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि मनाउन प्रयास गरिरहेका छन्।

    यही सन्दर्भमा प्रचण्डले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा तथा लोकतान्त्रिक समाजवादी लोसपासँग पुनः छलफलको तयारी गरेको उनको सचिवालयले जनाएको छ।

    माओवादी केन्द्रका महासचिव देव गुरुङले काँग्रेसले नयाँ गठबन्धन बनाउन आग्रह गरे पनि प्रधानमन्त्रीले थप छलफल गर्ने प्रतिक्रिया दिएको बताए ।

    काँग्रेस र एकीकृत समाजवादीका नेताले हिजो काँग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बैठक गरेर पुरानो गठबन्धन ब्युँताउने समझदारी गरेका थिए। दुई दलको बैठकपछि काँग्रेस नेताहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।

    बालुवाटारको बैठकमा आज बिहीबार नै पुरानो गठबन्धन ब्युँताउनेबारे छलफल भएको बताइएको छ। तर यसमा प्रधानमन्त्रीले सहमति जनाइसकेका छैनन्। यसबारेमा प्रचण्डले आज निर्णय दिन सक्ने बुझिएको छ।

    आजै बिहीबार नै नेपाली काँग्रेसले आन्तरिक छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने भएको छ। त्यसका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने नेता रामचन्द्र पौडेलले जानकारी दिए।

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - ११:२९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij