२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ ।
बिहिबार ६ अर्ब ११ करोडको कारोबार भएर नयाँ रेकर्ड कायम गरेको नेप्सेले आज फेरि अर्को नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आज (आइतबार) नेप्से ४.६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ विन्दुमा पुगेकोे छ ।
नेप्सेका अनुसार बिहिबार ६ अर्ब ९० करोड ६७ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये बैंकिङ क्षेत्र बाहेक अन्य घटेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij