Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

महन्थलाई राष्ट्रपति बनाउन माग गर्दै लोसपा नेता धुम्वाराहीमा, देउवाले दिए यस्तो जवाफ

महन्थलाई राष्ट्रपति बनाउन माग गर्दै लोसपा नेता धुम्वाराहीमा, देउवाले दिए यस्तो जवाफ


  • 3.6K
    Shares

    महन्थलाई राष्ट्रपति बनाउन माग गर्दै लोसपा नेता धुम्वाराहीमा, देउवाले दिए यस्तो जवाफ

    काठमाडौँ । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुबीच छलफल भएको छ । राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव लिएर सभापति शेरबहादुर देउवा निवासको निवास धुम्बाराही पुगेका थिए ।

    राष्ट्रपतिका विषयमा भएको छलफलमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र लोसपाबाट अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत सहभागी थिए ।

    लोसपा नेता शरदसिंह भण्डारीले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने विषयमा कांग्रेसबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।

    उनले भने, ‘ महन्थजी सहमतिका लागि उपयुक्त पात्र हो । हामी पार्टीभित्र पनि छलफल गर्छौँ । कांग्रेसले आधिकारिक रूपमा आफ्नो उम्मेदवार अघि सारेको छैन,’ देउवाको भनाइ उद्धृत गर्दै उनले भने । 

    भण्डारीका अनुसार लोसपा पनि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले ठाकुर पनि सहमति भएको अवस्थामा राष्ट्रपतिका लागि उपयुक्त भएको देउवाको भनाइ थियो । ‘तपाई हामी एलायन्समा छौं । सहमतिको परिस्थिति बन्यो भने उहाँ पनि उपयुक्त हो भन्नुभएको छ,’ उनले भने ।

    यस्तै लोसपा नेता राजेन्द्र महतोले कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी मनोनयनसम्म पार्टीभित्र र बाहिर छलफल गर्ने बताएको जानकारी दिए । 

     

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १२:१५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij