Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्रीलाई बुझायो १५ बुँदे ज्ञापनपत्र

अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्रीलाई बुझायो १५ बुँदे ज्ञापनपत्र


  • 3.5K
    Shares

    अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्रीलाई बुझायो १५ बुँदे ज्ञापनपत्र

    काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्‍युनिष्‍ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न मागसहितका १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    बुधबार बिहान बालुवाटार पुगेर सो सङ्गठनका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । सो ज्ञापन पत्रमा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै सरकारी तवरबाट ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ ।

    राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्टाउन, सङ्घीय शिक्षा ऐन तत्काल लागु गर्न र विश्वविद्यालयमा राजनीतिक भागवण्डा बन्द गर्न सो सङ्गठनले सरकारसमक्ष माग गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - ११:१५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij