Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली सरकारले खोस्यो पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मी, अब कति हुन्छन् ?

ओली सरकारले खोस्यो पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मी, अब कति हुन्छन् ?


  • 7.3K
    Shares

    ओली सरकारले खोस्यो पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मी, अब कति हुन्छन् ?

    काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्यामा भारी कटौती गरेको छ ।

    गृह मन्त्रालयका अनुसार अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधि संशोधन भएसँगै पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन थालिएको छ ।

    ज्ञानेन्द्रको सुरक्षामा शसस्त्र प्रहरी बल-एपिएफ परिचालन हुँदै आएको थियो ।

    एपीएफका प्रवक्ता राजु अर्यालले बिहीबारदेखि ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका मापदण्ड भन्दा बढी संख्याका सुरक्षाकर्मी बोलाउन थालिएको बताए ।

    उनले अब ज्ञानेन्द्र तथा उनको परिवारको सुरक्षामा एपिएफका १६ सुरक्षाकर्मी मात्र रहने बताए। नागार्जुन र निर्मल निवास दुवैमा सुरक्षा बेस रहँदै आएको थियो ।

    एपिएफ हेडक्वार्टरका अनुसार पूर्व राज परिवारका लागि ३० जना सुरक्षाकर्मी पछुवा गाडीका रुपमा प्रयोग हुँदै आएका थिए। सशस्त्रले हाल भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रको साथमा रहेका २२ जना सुरक्षाकर्मी उनी काठमाडौँ फर्किएलगत्तै  फिर्ता बोलाउन‍े जनाएको छ ।

    गृह मन्त्रालयले अब पूर्वराजाको अंग रक्षकका रुपमा प्रहरी पनि परिचालन हुने जनाएको छ ।

    यसअघि पछुवा गाडी र सुरक्षा बेससमेत गरेर एपिएफका ७० जनाभन्दा बढी सुरक्षाकर्मी पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारको सुरक्षामा खटिँदै आएको अर्यालले बताए। अब सुरक्षा बेस हटाइने छ । नजिकै रहेर सुरक्षा दिने सुरक्षाकर्मी मात्र सीमित रााखिएको गृह मन्त्रालयले जनाएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर सिंहले मन्त्रिपरिषदबाट गत मंसिरमै अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधि संशोधन भएपनि सुरक्षा निकायलाई ताकेता गरेपछि हालसालैबाट कार्यान्वयनमा आउन सुरु गरेको बताए ।

    गृह मन्त्रालयका अनुसार पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीलगायतले प्रयोग गर्दै आएको सुरक्षाकर्मीको संख्यामा पनि भारी कटौती गरेको छ ।

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १३:४०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij