२०८२ भाद्र २ गते सोमवार
प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्नुअघि नै नेकपा माओवादी केन्द्रसँग सहमति गर्ने तयारी गरेको छ। पुस १० मा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन बनेको सात दलीय गठबन्धन भत्काउन कांग्रेसले उच्चस्तरीय राजनीतिक समझदारीको गृहकार्य गरिरहेको छ।
आइतबार बालुवाटार पुगेका कांग्रेस सभापति शेरबहादुर देउवासहितको पदाधिकारी टोलीले प्रधानमन्त्री प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बन्न औपचारिक प्रस्ताव राखेका छन्। उनीहरुले त्यसका लागि राष्ट्रपतिमा सघाउनुपर्ने र पुरानो गठबन्धन ब्युँताउन तयार हुनुपर्ने सर्त राखेका छन्।
प्रधानमन्त्री प्रचण्डले संविधान जोगाउन र संघीयताको रक्षाको लागि कम्तीमा सरकार पाँच वर्ष टिक्नुपर्ने धारणा राखिरहेका छन्। आइतबार बेलुका बालुवाटारमा २ घण्टा भएको भेटमा प्रधानमन्त्री प्रचण्डसमक्ष कांग्रेसका नेताहरुले विगतको कमजोरी सच्याएर नयाँ ढंगले जान जोड दिएका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij