'स्रष्टा पदयात्रा'को ६७ औं शृङ्खला काठमाडौँको चम्पादेवीमा यही फागुन ६ गते, शनिबार सम्पन्न भएको छ । टौदहबाट सुरू भएको पैदलयात्रा पुष्पलाल स्मृति पार्कमा आएपछि तुरिएको थियो । उक्त पार्कमा आयोजित रचना वाचन कार्यक्रममा स्रष्टा घनश्याम प्रसाईंले 'मर्ने मन कसलाई हुन्छ र ?', शीर्षकीय सिर्जना वाचन गरेका थिए भने प्रतीक घिमिरेले 'भ्रमको क्रमभङ्गता', गङ्गाप्रसाद भेटवालले 'बाङ्गा कुरा', मधु पाठकले 'बाहिरी आवरण', सुष्मा आचार्यले 'मेरो देश', हरिश कल्पितले 'हो,आज रमिता छ देशमा' बिमल अर्यालले 'निःस्वार्थ रहनेछन्' र माधव घिमिरे 'अटल'ले 'देउपाटनका नाङ्गा बाबा' वाचन गरेका थिए ।
माधव घिमिरे 'अटल'ले सहजीकरण गरेको सो कार्यक्रमको अध्यक्षता बिमल अर्यालले गरेका थिए भने पदयात्राको नेतृत्व पनि उनैले गरेका थिए । उनले समापन मन्तव्यका सिलसिलामा सबै सहयात्रीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी पदयात्रा चैतको पहिलो शनिबार हुने र सबै सहयात्रीलाई सहभागिताको निम्ति आग्रह गरे ।
प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार -
१४:५५:२५ बजे