Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

२४ घण्टामै ११ हजारभन्दा बढीले खोले हाम्रो पेको अकाउन्ट

२४ घण्टामै ११ हजारभन्दा बढीले खोले हाम्रो पेको अकाउन्ट


  • 2.5K
    Shares

    • images
    २४ घण्टामै ११ हजारभन्दा बढीले खोले हाम्रो पेको अकाउन्ट

    हाम्रो पात्रोले शु्क्रबारबाट सुरु गरेको डिजिटल वालेट 'हाम्रो पे' मा सार्वजनिक भएको २४ घण्टाभित्रै ११ हजार भन्दा बढी ग्राहक जोडिएका छन् । 

    आफ्नो डिजिटल वालेट सेवाको उत्कृष्ट सुरुवात भएको बताउँदै कम्पनीका संस्थापक तथा सीईओ शंकर उप्रेतीले ११ हजार भन्दा बढी हाम्रो पात्रोका प्रयोगकर्ताले हाम्रो पे डिजिटल वालेटमा अकाउन्ट क्रियट गरेको बताएका हुन् । आफूहरूले सोचेको भन्दा धेरै प्रयोगकर्ताले एकैपटक अकाउन्ट क्रियट गर्न खोज्दा केवाईसी भेरिफिकेसनको काममा भने केही ढिलाई भएको उनले बताएका छन् । 

    "धेरै प्रयोगकर्ताले एकैपटक अकाउन्ट रजिष्टर गर्न खोज्दा केवाईसी भेरिफिकेसनको काममा चाप बढेको छ । यसलाई समाधान गर्नको लागि थप कर्मचारी राखेर काम गर्नेछौं," उनले बताए । यसको साथै वालेट सेवाको विषयमा जान्नको लागि सपोर्ट च्याटमा एक हजार भन्दा बढी मेसेज प्राप्त भएको उनको भनाइ छ । 

    हाम्रो पेमा प्रयोगकर्ताले अन्य डिजिटल वालेटमा रहेका फिचरका साथै मौलिक फिचरसमेत रहेका छन्, जसमा कहाँ कति खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउने खर्च ट्र्याक, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे) लगायतका आकर्षक फिचर छन् ।

    प्रयोगकर्ताको सहायताका लागि 'लाइभ च्याट' र स्थानीयसहित छ ओटा भाषामा यो एप प्रयोग गर्न सकिन्छ ।
     

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - ११:२८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij