Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल टेलिकमको समिति गठन

नेपाल टेलिकमको समिति गठन


  • 2.9K
    Shares

    नेपाल टेलिकमको समिति गठन

    नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको सेवा पटक–पटक अवरुद्ध हुन थालेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। 

    केही दिनअघि नेपाल टेलिकमको सबै सेवा दिनभरजसो प्रभावित भएको थियो। हिजो बिहीबार पनि बिलिङमा समस्या आएको थियो। यसरी पटक–पटक नेपाल टेलिकमको सेवा प्रभावित भएपछि प्राधिकरणले छानबिन गर्न समिति गठन गरेको हो। 

    उक्त समितिले छानबिन कार्य पूरा गरी केही दिनभित्रै सुझावसहितको प्रतिवेदन प्राधिकरणसमक्ष पेस गर्नेछ। सोही प्रतिवेदनका आधारमा प्राधिकरणले सेवा सुधारका विषयमा नेपाल टेलिकमलाई निर्देशन दिने स्रोत बताउँछ। 

    त्यसो त केही दिनअघि भएको नेपाल टेलिकमको वार्षिकोत्सवमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमको नेटवर्क र व्यवस्थानमाथि प्रश्न उठाएका थिए। उनले पटक–पटक सेवा अवरुद्ध हुनुले टेलिकमको गुणस्तर खस्किएको भन्दै आक्रोश पोखेका थिए। 

     

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - १३:२७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij