Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कर्णालीको हुम्लामा पुग्यो राष्ट्रिय खाद्य बैंक

कर्णालीको हुम्लामा पुग्यो राष्ट्रिय खाद्य बैंक


  • 4.3K
    Shares

    कर्णालीको हुम्लामा पुग्यो राष्ट्रिय खाद्य बैंक
    images

    रैथानेवाली संरक्षण र कृषि आधुनिकीकरणका लागि दिलो ज्यान दिएर होमिएको राष्ट्रिय खाद्य बैंक नेपालकै विकट कर्णालीको हुम्ला जिल्लामा पुगेको छ।

    हुम्लाको सर्केगाड गाउँपालिकामा राष्ट्रिय खाद्य बैंकको कर्णाली मै पहिलाे शाखा कार्यालय स्थापना भएको हो। बैंकका अध्यक्ष शंकर नाथ उप्रेती र प्रा डा जिबनाथ धिलालले संयुक्त रुपमा शाखा कार्यालय उद्घाटन गरेका हुन।

    330223099_1237821286811936_7663916772561149398_n.jpg

    वडा अध्यक्ष धन बहादुर छन्त्यालकाे सभापतिमा भएको शाखा उद्घाटन कार्यक्रममा नागरिक समाजका अध्यक्ष श्री बहादुर शाही ले मन्तब्य दिएको अध्यक्ष उप्रेतीले बताए। कार्यक्रममा हुम्लाको सयौं अगुवा किसानको उपस्तिथि थियो।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १३:०४:३० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij