Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सामसुङको भ्यालेन्टाइन अफर : ग्यालेक्सी जेड फोल्ड ४ को खरिदमा १० हजार थपे ४९ हजार पर्ने ग्यालेक्सी वाच४ क्लासिक पाइने

सामसुङको भ्यालेन्टाइन अफर : ग्यालेक्सी जेड फोल्ड ४ को खरिदमा १० हजार थपे ४९ हजार पर्ने ग्यालेक्सी वाच४ क्लासिक पाइने


  • 2.1K
    Shares

    सामसुङको भ्यालेन्टाइन अफर : ग्यालेक्सी जेड फोल्ड ४ को खरिदमा १० हजार थपे ४९ हजार पर्ने ग्यालेक्सी वाच४ क्लासिक पाइने

    तर, पुनरागमनले ल्याएको खुसियाली त्यति मात्र होइन, फोल्डेबल्सका साथसाथै सामसुङले प्रदान गरेका अफरहरू पनि त्यत्तिकै आकर्षक छन् जसलाई छुटाउनै हुँदैन । ग्यालेक्सी जेड फोल्ड४ खरिद गर्दा सँगसँगै १० हजार रुपैयाँ थप गरेमा ४९ हजार रुपैयाँ पर्ने विल्कुलै नयाँ४६ मिमिको ग्यालेक्सी वाच४ क्लासिक पनि प्राप्त हुने कम्पनीले जनाएको छ, जसबाट ३९ हजार रुपैयाँ बचत हुनेछ ।

    यसैगरी, अर्को आकर्षक अफरअन्तर्गत ग्यालेक्सी जेड फ्लिप४ खरिद गर्दा साथमा ५ हजार थप गरे २७ हजार ९ सय ९९ रुपैयाँ पर्ने ग्यालेक्सी बड्स२ प्रो अफरमा पाइने कम्पनीले जनाएको छ । यसबाट पनि ग्राहकहरूले २२ हजार ९ सय ९९ रुपैयाँ बचत हुने कम्पनीको दाबी छ ।

    कम्पनीका अनुसार जेड सिरिजले बजारमा उपलब्ध भइरहेका फोनहरूमा मुख्य फोल्डेबल फोनको रूपमा पहिले नै एक क्रान्तिकारी अवधारणा स्थापित गरिसकेको छ, र यो अफर खास गरेर प्रेमिल महिनाको रूपमा चर्चित फेब्रुअरीलाई लक्षित गरेर ल्याइएको हो । यो अफरअन्तर्गत उपलब्ध जोडी उपकरणहरू तपाईंले आफ्नो प्रियजनलाई प्रदान गर्ने एक विशिष्ट उपहार हुन सक्नेछ । यो अफर यही फेब्रुअरी महिनाभरका लागि अर्थात् फेब्रुअरी २८ तारिखसम्म मात्र सञ्चालनमा रहने बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १४:१७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij