Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूतबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूतबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?


  • 2.6K
    Shares

    प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूतबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङको टोलीले मङ्गलबार बिहान शिष्टाचार भेटवार्ता गरेको छ ।

    प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार भेटमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने र आपसी सहयोगबारेमा छलफल भएको छ । 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारलाई दक्षिण कोरीयाले गर्दैआएको आर्थिक सहयोग तथा अन्य सहयोगका लागि धन्यवाद दिए ।

    सो अवसरमा विशेष दूतले पनि नेपाल सरकारसँगको सम्बन्धबारेमा कोरियाली राष्ट्रपतिको सन्देश सुनाएको प्रम सचिवालयका सदस्यले बताए । 

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - ११:२५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij