२०८२ भाद्र ३ गते मंगलवार
राज्यविरुद्धको अपराधमा पक्राउ गरेकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पाँच घण्टा हिरासतमा राखेर छाडेको छ।
झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र दबाब परेपछि प्रहरीले उनलाई बिहीबार साँझ रिहा गरेको हो। झाँक्रीले संविधानले अभिव्यक्ति स्वन्त्रता दिएको हुनाले आफूले राष्ट्रपतिको आलोचना गर्दै भाषण गरेको बताएकी थिइन् ।
यस्तै प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताले राजधानीको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन समेत गरेका थिए ।
गोर्खाको एक आमसभामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij