२०८२ आश्विन २७ गते सोमवार
नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ। साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ।
माओवादी केन्द्रले बुधबार सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरिएको जनाएको छ। यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए। पूर्वसभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा रहेका थिएनन्।
उपमहासचिवमा भुसालसँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहेका थिए। भुसालको भने बढुवा भएको हो। त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन्।
कोषाध्यक्षमा श्रीराम ढकाल छन्। अब माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij