२०८२ भाद्र ४ गते बुधवार
सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे बोलाइएको बैठक भोलि दिउँसो १ बजेलाई सारिएको हो।
आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिङ रावलले विश्वासको मत लिने कार्यसूची थियो। नागरिक उन्मुक्तिका साूसद उपस्थित नहुने भएपछि सरकारको आग्रहमा बैठक सारिएको संसद् सचिवालयले जनाएको छ।
सत्ता पक्षको बहुमतका लागि निर्णायक रहेको नागरिक उन्मुक्तिले विश्वासको मत दिन तयार नभएपछि मुख्यमन्त्री रावलको सरकार संकटमा छ।
संवैधानिक व्यवस्थाअनुसार उनले (भोलि) बिहीबारभित्र विश्वासको मत लिनुपर्नेछ ।एमाले संसदीय दलका नेता रावल २९ प्रदेश सभा सदस्यको समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए।
नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । २६ माघ अर्थात् बिहीबारसम्म प्रदेश सभामा विश्वासको मत नलिए रावल नेतृत्वको सरकार स्वतः ढल्नेछ । अन्य ६ प्रदेशका मुख्यमन्त्रीले भने विश्वासको मत लिइसकेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij