Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गृह मन्त्रालयबारे प्रधानमन्त्रीको जवाफ कुर्दै रास्वपा

गृह मन्त्रालयबारे प्रधानमन्त्रीको जवाफ कुर्दै रास्वपा


  • 2.4K
    Shares

    गृह मन्त्रालयबारे प्रधानमन्त्रीको जवाफ कुर्दै रास्वपा

    गृहमन्त्रालय आफूलाई दिनुपर्ने अडानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ कुरिरहेको जनाएको छ।

    प्रधानमन्त्रीको जवाफ आएपछि पार्टीको बैठक बस्ने महामन्त्री एवम् प्रवक्ता डा. मुकल ढकालले बताए। रास्वपाले मंगलबार साँझसम्म गृहमन्त्रालय नपाए सरकार छोड्ने घोषणा गरिसकेको छ। 

    ‘हामी प्रधानमन्त्रीको जवाफ कुरिरहेका छौँ,’ ढकालले भने, ‘आजै उहाँको सकारात्मक जवाफ आए पार्टीभित्र गृहमन्त्री कसलाई बनाउने छलफल गर्न बैठक बस्छ र नाम पठाउँछौं। उहाँले (प्रधानमन्त्री) दिन्नौँ भने त्यसपछि के गर्ने निर्णय गर्न बैठक बस्छ।’

    मंगलबार बिहान सभापति रवि लामिछानेले रास्वपाको भागमा परेको गृहमा पुनः जिम्मेवारी दिन प्रधानन्त्री प्रचण्डलाई आग्रह गरेका थिए।

    प्रधानमन्त्रीले ठोस जवाफ नदिइ सत्ता साझेदार दलमा छलफल गर्नुपर्ने जवाफ दिएपछि रविले मंगलबार साँझसम्म निर्णय गर्न समयसीमा दिएका छन्। अहिले रास्वपाको संसदीय दलको सिंहदरबारमा बसिरहेको छ। उता माओवादीले पनि पेरिस डाँडामा पदाधिकारी बैठक राखेको छ।

    माओवादीले गृहमन्त्रालयबारे ठोस निर्णय लिने जिम्मा प्रचण्डलाई नै दिएको छ। तर माओवादीका अधिकांश नेताहरु देशको आन्तरिक सुरक्षाको जिम्मेवारी बोकेको गृह आफैं राख्नुपर्ने पक्षमा छन्। 

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - १४:२२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij