Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आफूलाई गृहमन्त्रीमा फर्काउन रविले दिए ५ बजेसम्मको अल्टिमेटम, नपाए सरकार छाड्ने चेतावनी

आफूलाई गृहमन्त्रीमा फर्काउन रविले दिए ५ बजेसम्मको अल्टिमेटम, नपाए सरकार छाड्ने चेतावनी


  • 2.1K
    Shares

    आफूलाई गृहमन्त्रीमा फर्काउन रविले दिए ५ बजेसम्मको अल्टिमेटम, नपाए सरकार छाड्ने चेतावनी

    निष्क्रिय नागरिकताबाट सांसद बन्दै उप तथा गृहमन्त्री बनेका रवि लामिछानेले नागरिकता पुनः प्राप्त गरेपछि गैर सांसदको रूपमा आफैँलाई गृहमन्त्री बनाउन दबाब बढाएका छन्।

    नागरिकता पाएकै दिन पार्टीको सदस्य हुँदै सभापति बने लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर दबाब बढाएका रवि मंगलबार पनि प्रचण्डलाई भेट्न बालुवाटार पुगे। एजेण्डा गृहकै थियो।

    भेटबारे जानकार स्रोतका अनुसार गठबन्धन गर्दाको सर्तअनुसार गृह राष्ट्रिय स्वतन्त्र पार्टीको भएकाले यसमा तलमाथि नगरी कसलाई गृहमा पठाउने त्यसको निर्णय पार्टीलाई गर्न दिन रविले आग्रह गरेका थिए।

    प्रचण्डले आइतबारको जस्तै जवाफ दिँदै यसबारे गठबन्धनका दलबीच छलफल गर्ने बताएपछि उनले मंगलबार दिनभरमा निर्णय नआए पार्टी सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएका थिए।

    उनको चेतावनी पछि पनि प्रचण्डले सकारात्मक जवाफ दिएनन्।

    यता गृहमन्त्रालय बारे रवि नियमित एमाले अध्यक्ष केपी ओलीको सम्पर्कमा रहेको ओली निकट स्रोतले बतायो। स्रोतको दाबीअनुसार ओली गृह रास्वपाको भागमा परेकाले उसैलाई दिनुपर्ने र कसलाई मन्त्रीमा पठाउने त्यो उसैको निर्णय अधिकार भएको पक्षमा छन्।

    आफ्नो भेटमा प्रचण्ड सकारात्मक नसेखिएको भन्दै दबाब बढाउन रविले ओलीको सहयोग मागेका थिए। ओलीले आफू रास्वपाकै पक्षमा रहेको जवाफ दिएका थिए। ओलीसँगको परामर्शपछि रवि मंगलबार प्रचण्डलाई भेट्न गएका हुन्।

    ओलीले गृहबारे प्रधानमन्त्री प्रचण्डसँग समेत छलफल गरिसकेका छन्। उनले व्यक्ति नतोकी सहमती अनुसार गृह रास्वपालाई दिन सुझाव दिएका थिए। 

    संवैधानिक इजलासको फैसलाको पूर्णपाठ नआएको अनी दोहोरो राहदानी प्रयोग लगायतका विषय अझै अनुसन्धानमै रहेको भन्दै प्रचण्ड गृह आफैसँग राखेर अन्य मन्त्रालय दिन राजी छन्। तर रवि गृह छाड्ने पक्षमा छैनन्।

    रवि सांसद बन्न योग्य कि अयोग्य भन्ने मात्र टुंगिएको हो। दोहोरो नागरिकता प्रयोग गरेर गरेको कामबारे प्रहरीको अनुसन्धान जारी छ।

    दोहोरो नागरिकता प्रयोग गरेको अनी दोहोरो राहदानी बनाएर प्रयोग गरेको प्रमाणबाट पुष्टि भइसकेको छ। सो आरोपमा मुद्दा प्रक्रियामा गए उनी राजनीति गतिविधिकै लागि कानुनतः अयोग्य हुनेछन्।

    त्यसैले उनी सकेसम्म प्रहरी अनुसन्धान नै हुन नदिने, भए पनि आफ्नै पक्षमा लैजाने प्रयासमा देखिन्छन्।

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - १२:४२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij