२०८२ भाद्र १ गते आइतवार
सबैभन्दा बढी विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागशिप स्मार्टफोनमा २४० वाटको चार्जिब सपोर्ट हुने जनाएको छ जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो। यो सँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिब टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको छ।
कटिब एज चार्जिब सोलुसन युक्त यो नयाँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ, जसले उपभोक्ताहरुलाई राम्रो अनुभव प्रदान गर्छ । ९८.७% को अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस २४० वाटको इनोभेटिभ चार्जिब आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्छ ।
यति मात्र नभएर रियलमीले संसारमै पहिलोपल्ट १२ एम्पियरको चार्जिब केबल पनि ल्याउँदै छ जुन मोबाइल उद्योगमै अहिलेसम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको हो । यो सँगै रियलमीले आफ्नो डेयर टु लिप मान्यतालाई अझै बलियो बनाउँदै फास्ट चार्जिबलाई एउटा अर्को उचाइमा पुर्याएको छ ।
यो भन्दा अगाडि रियलमीले २०२१ मा आफ्नो नम्बर सिरिजमा ६७ वाटको चार्जिब प्रविधि अपनाउँंदै मिड रेन्ज सेग्मेन्टमा फास्ट चार्जिबको सुविधा दिएको थियो । त्यस्तै २०२२ मा पनि आफ्नो लोकप्रिय मोडल रियलमी जिटि नियो ३ मार्फत समस्त मोबाइल उद्योगमै पहिलोपल्ट १५० वाटको फास्ट चार्जिबको सुविधा दिएको थियो, जसमा २० मिनेटमै शुन्यबाट शत प्रतिशतसम्म मोबाइल चार्ज हुन सक्थ्यो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij