Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रवि लामिछानेको सांसद पद खारेज भएको चितवन-२ मा कहिले हुन्छ उपनिर्वाचन ?

रवि लामिछानेको सांसद पद खारेज भएको चितवन-२ मा कहिले हुन्छ उपनिर्वाचन ?


  • 3.3K
    Shares

    रवि लामिछानेको सांसद पद खारेज भएको चितवन-२ मा कहिले हुन्छ उपनिर्वाचन ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको सांसद पद खारेजीसँगै सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्न आदेश दिएको छ ।

    चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेका लामिछानेको सांसद पद बदर भएसँगै निर्वाचन आयोगलाई अब उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्नुपर्ने जिम्मेवारी आइपरेको छ ।

    उपनिर्वाचनका लागि आफ्नै केही प्रक्रिया छन् । निर्वाचन आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालले उपनिर्वाचन घोषणा गर्न फैसलाको पूर्ण पाठ र संसद सचिवालयबाट लामिछाने पदबाट रिक्त भएको पत्र आउनुपर्ने बताए ।

    ‘यत्ति भएपछि थप कानुनी प्रक्रिया पूरा हुनका लागि लाग्ने समय निक्र्योल गरेर आयोगले निर्वाचनको मिति तोक्नेछ,’ उनले भने, ‘तर ठ्याक्कै यति समयमा हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।’

    अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनःप्रप्तीको प्रक्रिया पूरा नगरी चुनावमा होमिएका लामिछानेको सर्वोच्चको फैसलापछि सबै पद गुमेको हो । उनले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकता पुनः प्राप्तीको प्रक्रिया अघि बढाउने भएका छन् ।

    प्रकाशित मिति :माघ १५ २०७९ आइतवार - १२:३७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij