Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिक उत्सवका अफर

इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिक उत्सवका अफर


  • 2.2K
    Shares

    इसेवा १५औँ वर्षमा  प्रवेश, यस्ता छन् वार्षिक उत्सवका अफर

    भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पूरा गरेर १५औँ वर्षमा प्रवेश गरेको छ। इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिवद्धता समेत जनाएको छ। इसेवाले वार्षिकोत्सवको अवसरमा मंगलवार पत्रकार सम्मेलन गर्दै विभिन्न अफरहरु सार्वजनिक गरेको हो। 

    इसेवाले १४ औँ वार्षिकोत्सवको अवसरमा बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ। 

    अफरहरुमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा १४० क्यास पाइने तथा बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफरमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हीरा उपहार दिने जानकारी दिएको छ।

    पत्रकार सम्मेलनमा बोल्दै इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले १४औँ वार्षिक उत्सवको अवसरमा इसेवाले बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू रहेको बताए।

    उनले बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउण्ट इसेवामा लिंक गरेमा १४० रुपैयाँ क्यानसब र बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुने बताए।

    उनले एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हीरा उपहार पाउने जानकारी दिए। उनले ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुने र सो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिने बताए।

    यस्तै, २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुने यस अवधिमा मोबाइल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने बताए।

    उनले ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुने यो अवधिमा ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने बताए।

    त्यस्तै, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले इसेवा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेको बताए।

    उनले आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजाने बताए।

    उनले इसेवामा अहिलेको अवस्थासम्म ल्याउन सहयोग गर्ने आम नेपाली, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा इसेवामा जोडिएका प्रयोगकर्ता,साझेदार बैंक तथा वित्तीय संस्था, तीनलाख भन्दा बढी मर्चेन्ट, नियामक निकायको सहयोग र विश्वासलाई विशष धन्यवाद दिए।

    इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको जनाएको छ। १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको बताए।

    अप्रत्यक्ष रूपमा करिव एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। 
     

     

    प्रकाशित मिति :माघ ११ २०७९ बुधवार - ११:५४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij