Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

उपराष्ट्रपति बन्न माओवादी केन्द्रमा यति धेरै नेताहरुको दावी, कसले पाउलान् ग्रिनहाउस छिर्ने चावी ?

उपराष्ट्रपति बन्न माओवादी केन्द्रमा यति धेरै नेताहरुको दावी, कसले पाउलान् ग्रिनहाउस छिर्ने चावी ?


  • 2.2K
    Shares

    उपराष्ट्रपति बन्न माओवादी केन्द्रमा यति धेरै नेताहरुको दावी, कसले पाउलान् ग्रिनहाउस छिर्ने चावी ?

    काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को कार्यकाल सकिन लागेसँगै उपराष्ट्रपति पदमा दौडधुप सुरु भएको छ ।

    सत्ता साझेदार दलमा भएको भागबण्डाको सहमतिअनुसार सो पद माओवादी केन्द्रले पाउने निश्चित भएसँगै नेताहरूको दौडधुप सुरु भएको हो । आगामी चैत ५ गते उपराष्ट्रपति पुनको कार्यकाल पुरा हुँदैछ भने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको म्याद सकिन एक महिनाअगावै निर्वाचन गर्नुपर्ने हुन्छ ।

    कार्यकाल सकिन लागेपनि नयाँ चुनावको मिति टुंगो लागेको छैन । तर, चौथो उपराष्ट्रपति बन्न माओवादी केन्द्रमा दौडधुप सुरु भइसकेको हो । उपराष्ट्रपतिको दौडमा सबैभन्दा अगाडि स्थायी समिति सदस्य जयपुरी घर्ती, पूर्णकुमारी सुवेदी र यशोदाकुमारी सुवेदी गुरुङ छन् । यस्तै पार्टीका उपमहासचिव मातृकाप्रसाद यादव, सचिव दिनानाथ शर्मा, लीलामणि पोखरेल, डिलाराम आचार्य र पोलिटब्यूरो सदस्य रामेश्वर राय यादव पनि उपराष्ट्रपतिको दौडमा छन् । 

    जयपुरीले गत निर्वाचनमा प्रत्यक्ष चुनाव लड्न चाहेकी थिइन् । तर, प्रदेश र प्रतिनिधिसभा दुबैतर्फ उनले टिकट पाइनन् । अहिले आएर जयपुरीले उपराष्ट्रपतिमा इच्छा देखाएकी हुन् । 

    पूर्वउपसभामुख एवम् बाँकेबाट यसअघि निर्वाचित पूर्णकुमारी सुवेदीले खुलेरै उपराष्ट्रपतिका लागि लबिङ गरेकी छन् । अब उमेरले समेत प्रत्यक्ष चुनाव लड्न नसक्ने भएकाले  उपराष्ट्रपति माग गरेकी छन् । प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेतालाई भेटेर सुवेदीले उपराष्ट्रपतिमा आफ्नो इच्छा भएको बताइसकेकी छन् । 

    पार्टी महासचिव देवप्रसाद गुरुङ निर्वाचनमा पराजित भएसँगै उनकी श्रीमती यशोदा सुवेदी गुरुङले उपराष्ट्रपतिमा लबिङ गर्दै आएकी छन् । यशोदाले अब सक्रिय राजनीति गर्न नसक्ने भएकाले उपराष्ट्रपतिमा व्यवस्थापन गर्नुपर्ने माग राखेकी छन् ।  

    यस्तै पार्टी उपमहासचिव मातृकाप्रसाद यादव र सचिव गणेश साहले उपराष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब नदिए पनि इच्छा देखाएका छन् । 

    यस्तै सचिव दिनानाथ शर्माले आफूलाई उपराष्ट्रपति बनाउनुपर्ने भन्दै चर्को रूपमा लबिङ गरिरहेको एक नेताले बताए । सांसद र मन्त्री भइसकेकाले अब आफ्नो इच्छा उपराष्ट्रपतिमा भएको उनले बताउने गरेका छन् ।  

    यस्तै सचिव डिलाराम आचार्य र लीलामणि पोखरेलले पनि अब राजकीय भूमिका पाउनुपर्ने माग राख्दै आएका छन् । यस्तै पोलिटब्यूरो सदस्य रामेश्वरराय यादवले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर उपराष्ट्रपति बनाउन माग गरिसकेका छन् ।

    प्रकाशित मिति :माघ १० २०७९ मंगलवार - ०७:२९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij