Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

फर्निचर उद्योगमा आगलागी हुँदा नौ लाखको क्षति

फर्निचर उद्योगमा आगलागी हुँदा नौ लाखको क्षति


  • 6.9K
    Shares

    फर्निचर उद्योगमा आगलागी हुँदा नौ लाखको  क्षति

    रैनादेवी छहरा गाउँपालिका– ४ बस्ने युवराज रजालीको फर्निचर उद्योगमा आगलागी हुँदा आज रु नौ लाख बराबरको क्षति भएको छ । 

    रजालीको एकतले जस्तापाताको छानो भएको कच्ची फर्निचर उद्योगमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आज बिहान करीब ४ः३० बजेको समयमा लागेको आगो बिहान ५ः५० बजे इलाका प्रहरी कार्यालय मुझुङ पाल्पाबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको हो ।

    आगलागीबाट फर्निचरभित्र रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाइउडलगायतका सामान जलेर पूर्णरुपमा नष्ट भएको छ । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे भने थप अनुसन्धान भइरहेको छ । रासस

    प्रकाशित मिति :माघ २६ २०७७ सोमवार - १४:१४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij