Logo

२०८२ पौष ९ गते बुधवार

२०८२ पौष ९ गते बुधवार

खुल्यो भुक्तानी प्रदायकको नयाँ लाइसेन्स, कायम रहेकाले पनि चुक्ता पुँजी बढाउनुपर्ने

खुल्यो भुक्तानी प्रदायकको नयाँ लाइसेन्स, कायम रहेकाले पनि चुक्ता पुँजी बढाउनुपर्ने


  • 1.5K
    Shares

    खुल्यो भुक्तानी प्रदायकको नयाँ लाइसेन्स, कायम रहेकाले पनि चुक्ता पुँजी बढाउनुपर्ने
    images

    नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुको चुक्ता पुँजी बढाएको छ। साथै नयाँ कम्पनीको लागि नयाँ लाइसेन्स खुलाएको छ। आज भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गरेको छ। 

    अनुमति नीति, २०७९ जारी गर्दै भुक्तानी सेवा प्रदायक र सञ्चालक कम्पनीका लागि ८० करोड रुपैयाँसम्म पुँजी तोकिएको छ। 

    नयाँ नीतिअनुसार भुक्तानी सम्बन्धी कार्य गर्ने बैंक तथा वित्तीय संस्था भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकको न्यूनतम चुक्ता पुँजी ५ करोड रुपैयाँदेखि ८० करोड रुपैयाँसम्म तोकिएको छ। 

    भुक्तानी कार्ड बाहेक अन्य उपकरणहरू सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायक संस्थालाईए यसअघि १ करोड रुपैयाँ चुक्ता पुँजी तोकिएकोमा हाल ५ करोड रुपैयाँ तोकिएको छ।

    भुक्तानी कार्डसहित अन्य उपकरणहरू समेत सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायक संस्थाको ५ करोड रुपैयाँ पुँजीलाई २५ करोड रुपैयाँ, भुक्तानी प्रणाली सञ्चालकको १० करोड रुपैयाँलाई ४० करोड रुपैयाँ र नेपालमा जारी भएको भुक्तानी उपकरण मार्फत् नेपाल बाहिर समेत भुक्तानी कारोबार हुने गरी सञ्चालन हुने भुक्तानी प्रणाली सञ्चालक संस्थाको २५ करोड रुपैयाँलाई ८० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ।

    नेपाल राष्ट्र बैंकबाट १० वटा भुक्तानी सेवा प्रदायक र २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरुले अनुमति लिएर सञ्चालनमा छन्। यी कमपनीले समेत चुक्ता पुँजी बढाउनुपर्ने भएको छ।

     

    प्रकाशित मिति :पौष २२ २०७९ शुक्रवार - १५:२६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij