Logo

२०८२ पौष ९ गते बुधवार

२०८२ पौष ९ गते बुधवार

झापा गएर केपी ओलीसँग चुनाव लड्ने बालेनको चाहना

झापा गएर केपी ओलीसँग चुनाव लड्ने बालेनको चाहना


  • 995
    Shares

    झापा गएर केपी ओलीसँग चुनाव लड्ने बालेनको चाहना
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको जेनजी आन्दोलनसँगै राजनीतिक आकांक्षा बढेको थियो। तर संसदीय राजनीतिमा जाने कि नजाने निर्णय गर्न सकिरहेका थिएनन्। उनले रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठदेखि कुलमान घिसिङसम्म भेटेर कुराकानी गरिरहेका थिए।

    काठमाडौंको कमलपोखरीमा असिमको पुर्ख्यौली निवास छ, जसलाई उनले केही समययता कार्यालयका रूपमा प्रयोग गर्दै आएका थिए। रवि र बालेनको भेट त्यही घरमा भएको हो।

    फिल्म निर्देशक शाह र र्‍याप गायकको पृष्ठभूमिबाट आएका बालेनबीच पुरानै चिनजान थियो। काठमाडौं प्लाजामा रहेको महानगर कार्यालयबाट नजिकै भएकाले बालेन उनको घर आउजाउ गरिरहन्थे। आफ्नै पार्टीका पूर्वसांसद भएकाले रविलाई पनि असिमको कार्यालयमा बालेनसँग भेट्न सजिलो भयो।

    'अन्तरंग कुराकानी भयो। गीत-संगीतदेखि सुखदु:खका कुरा भए,' शाहले भने, 'दुई जनाको विवाह गर्न परिवार सहमत भएपछि दुलाहा र दुलहीलाई कुरा गर भनेर समय दिएजस्तो भयो।'

    उनले अगाडि थपे, 'तिमीहरू बसेर कुरा गर भनेर केटा र केटीलाई कोठामा पठाएपछि 'डिप लभ' परे जस्तो भयो। ६ घन्टा कुराकानी भयो।' उनले रवि र बालेनबीच गोप्य कुराकानी गराउने प्रयास गरे पनि मिडियामा बाहिरिएको बताए। 'दुवैलाई गाडी फेरेर आउनू भनेको थिएँ,' शाहले भने, 'तर खबर लुक्न सकेन।'

    रास्वपा नेताहरूका अनुसार रवि लामिछाने बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जान तयार छन्। कास्की जिल्ला अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण लामिछानेले चुनाव लड्न पाए पनि सांसद हुन र मन्त्री/प्रधानमन्त्री बन्न नपाउने अवस्था छ। बालेन पनि रविले मुद्दा जितेको अवस्थामा उनको नेतृत्व स्वीकार गर्न तयार रहेको उनको टिमका सदस्यहरूको भनाइ छ।

    बालेन आफै भने झापा गएर केपी ओलीविरूद्ध चुनावमा खडा हुन चाहेको उनी निकट एक नेताले बताए। केपी ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट नहराइकन चुनाव जितेको मज्जा नहुने कुरा बालेनले आफ्ना निकटहरूलाई बताउने गरेका छन्। 'बालेन दाइ ओलीलाई नहराइकन त चुनाव जितेको मज्जा हुँदैन भन्नुहुन्छ,' बालेनसँग निकट सम्पर्कमा रहेका ती नेताले भने, 'उहाँको चाहना ओलीलाई नै हराउने हो।'

    बालेन शाहको घर काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ स्थित सिनामंगलमा छ। तर उनी कुन ठाउँमा चुनाव लड्छन् वा चुनाव नै लड्दैनन् भन्ने खुलेको छैन। उनी दोधारमा रहेको ती नेताको भनाइ छ। 'कहिले दाइ चुनाव लड्छु भन्नुहुन्छ त कहिले महानगरको कार्यकाल पूरा गर्छु भन्नुहुन्छ,' ती नेताले भने, 'तर अहिले देशका लागि योगदान गर्नुपर्छ भन्ने वरिपरिका साथीभाइको आग्रह स्वीकार गरेजस्तो लाग्छ।'

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - २२:५२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij